आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलैयामा किराना ब्यापार संघको कार्यालयको उद्घाटन सम्पन्न

एपी खबर २०७९ फागुन १३, शनिबार (१ साल अघि) १४० पाठक संख्या

धिरेन्द्र तिवारी – कलैया: कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा शनिवार किराना ब्यापार संघको कार्यालयको एक कार्यक्रमो बीच उदघाटन गरिएको छ । २०५९ सालमा स्थापना भएको कलैया किराना ब्यापार संघ २०७९ साल फागुन १२ गतेसम्म झोलामा सिमित थिए ।

 

कार्यक्रमका बिशिस्ट अथिती कलैया किराना ब्यापार संघका पूर्व अध्यक्ष तथा बारा उधोग बाणिज्य संघका पूर्व माहासचीव जयप्रकाश साहले कलैया किराना ब्यापार संघको सक्रियतामा कार्यालयको उद्घाटन हुनु सहराहनिय रहेको बताए ।

 

साहका अनुसार किराना ब्यापार संघको कार्यालय नहुदा बिगतका दिनमा संघको कुनै किसिमको बैठक गर्ने ठाउँको जोह गर्न बाट आज देखि छुट्टकारा भएको किराना ब्यापार संघलाई आपसी सहकार्य गरेर अगाडी बढनका लागि समेत उहाँले सुझाव दिनुभयो।

 

कार्यालयको उदघाटन कार्यक्रमका प्रमुख अथिती बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार गुप्तारहनु भएको थियो। गुप्ताले किराना एउटा यस्तो ब्यापार हो जसले गर्दा संसार नै निरसाहित रहेको बताएका छन । बिगतका दिनमा बिश्वनै करोनाको महामारीमा परेको बेला सम्पुर्ण व्यवसाय थप भएको थियो तर किराना ब्यापारीहरु आफ्नोे ज्यानको बाजि राखी दैनिक उपभोग गरिने खाद्यान्नको सामग्रीहरु बितरन गरि रहनुको साथ् साथै कलैया किराना ब्यापार संघ झोला बाट कार्यालयमा परिणत भएकोमा किराना ब्यापार संघले आउदो दिनमा उन्नति र प्रगति गर्दै जावस भनि शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम किराना ब्यापार संघका अध्यक्ष बिषणु पौडेलको अध्यक्षतामा भएको कलैया किराना ब्यापार संघका संयोजक पप्पु गुप्ताले जानकारी दिनु भएको छ। कार्यक्रममा उपाध्यक्ष सुनिल साह सदस्य रमेश तिवारी गौरिशकर गुप्ता जयप्रकाश कानु लालबाबु कुशवाहा राजेश्वर पटेल राजु तिवारी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमका संचालन संघका सचीव दिपलाल साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस