आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा नाला, सडक बिस्तार बारे छलफल ,सटर भन्दा बाहिर व्यवसाय नगर्न वडाको आग्रह

एपी खबर २०७९ फागुन १३, शनिबार (१ साल अघि) १४५ पाठक संख्या

सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा नाला , सडक निर्माण बारे आज बृहत छलफल भएको छ ।जीतपुरको स्थानीय भारभालाद्मी वडा अध्यक्ष र वडा सदस्यहरु वडा कार्यालयमा जम्मा भएर नाला ,सडक निर्माणमा के कसरी अगाडी बढ्ने बारे बृहत छलफल गरेको छ ।

 

वडा अध्यक्ष सुनील कुमार गुप्ताले जीतपुरको भरभलाद्मीहरुले नाला र सडक निर्माण बारे उठाएको प्रश्नको जवाफ दिदै जीतपुरको बिकाशको लागि सबैलाई हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।वडा न ७ भित्र व्यवसाय गरिरहेको पसललेहरुलाई आज देखि सटर भन्दा बाहिर व्यवसाय न गर्नको लागि वडा अध्यक्ष गुप्ताको नेतृत्वमा टोलिले बजार अनुगमन समेत गरेको छ ।

वडा अध्यक्ष सुनिल गुप्ताको अध्यक्षतामा बसेको बैठकमा जीतपुरको ब्यवापारीहरुले आफ्नो पसल बाट निस्केको फोहोर लालका पूलमा फाल्ने गरेकोले त्यहाँ बाट दुर्गन्ध आउने गरेकोले अब देखि पूलमा फोहोर फाल्नेलाई १५ हजार जरिवाना समेत गरिने वडा अध्यक्ष गुप्ताले बताएको छ ।

 

नाला र सडक निर्माणमा अवरोध पुर्याउनेलाई कानूनी कारवाही गरिने र अब देखि सडक नाला निर्माणमा सबैले मिलिजुली अगाडी बढ्नु बाहेक बिकल्प नरहेको वडा अध्यक्ष गुप्ताले जनाएको छ ।उक्त बैठकमा जीतपुरको भारभालाद्मी र बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस