आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जितपुरसिमरा नगर उद्योग बाणिज्य संघ द्वारा मधेश प्रदेशको २ मन्त्रीलाई भब्य स्वागत

एपी खबर २०७९ फागुन १३, शनिबार (१ साल अघि) १४४ पाठक संख्या

सिमरा : जितपुरसिमरा नगर उद्योग बाणिज्य संघले एक कार्यक्रमको आयोजना गरेर मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई स्वागत गर्दै परिच्यात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

उद्योगी व्यवसायिहरुले मन्त्री यादव र अन्सारीलाई समसामयिक बिषयमा ध्यानाकर्षण गराउदैँ सफल कार्यकालको शुभकामना दिएको थियो।आफूहरुले समसामयिक बिषयलाई समेटी उद्योगी व्यावसायिहरुलाई प्रवर्धन गर्ने, रोजगारीको सृजना गर्ने, पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका लागी गर्नुपर्र्नें कामहरुलाई प्राथमिकतामा राखेर उद्देश्य अनुरुप प्रतिफल प्राप्त गर्नका लागि आफूहरु लागि परेको मन्त्री यादव र राज्य मन्त्री अन्सारीले बताएका थिए ।

जितपुरसिमरा नगर उद्योग बाणिज्य संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा आयोजना गरिएको स्वागत तथा परिचयात्मक कार्यक्रममा उधोगी ब्यावसायी लगायत अन्य क्षेत्रका ब्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस