आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेश प्रदेश : वडाध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाए ताला

एपी खबर २०७९ फागुन १४, आईतबार (१ साल अघि) १४० पाठक संख्या

जनकपुरधाम – धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका वडाध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको कार्यकक्षमा वडा नम्बर १, ५, ६ र ७ का वडाध्यक्षले तालाबन्दी गरेका हुन्।

 

दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकीय अधिकृत यादव र फाँटका कर्मचारीहरू कार्यालयमा उपस्थित नभएपछि गाउँपालिकाका जनता काम नगराई रितै हात फर्किन बाध्य हुँदा आफूहरूले तालाबन्दी गरेको वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादवले बताए।

 

उनले लक्ष्मीनियाँमा करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गर्ने कार्यपालिका बैठकले निर्णय गरे पनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव मिलेर करारका कर्मचारी नहटाई खुला प्रतिस्पर्धा नै नगरेर आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोप समेत लगाए।

 

प्रतिक्रिया दिनुहोस