आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धनुषा बाट प्रहरीको भ्यान बाट फरार थुनुवा पक्राउ

एपी खबर २०७९ फागुन १७, बुधबार (१ साल अघि) ७५ पाठक संख्या

काठमाडौं । प्रहरीको भ्यानबाटै धनुषा बाट फरार भएका एक जना थुनुवा ७२ घण्टा पछि पक्राउ परेका छन् ।

 

धनुषा जिल्ला अदालतबाट दोस्रोपटक १० दिन म्याद थप गरेर फर्किंदै गर्दा फरार भएका सबैला नगरपालिका-१३ का राजाबाबु मुखिया मंगलबार राति सवा १२ बजे पक्राउ परेका हुन् ।मुखियालाई धनुषाकै जनकनन्दनी गाउँपालिका-१ इनर्वास्थित भारतीय सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

म्याद थपका क्रममा भ्यानबाट नजिकैको नहरमा हाम फालेर फरार भएका मुखिया यही फागुन ५ गते पक्राउ परेका थिए ।भ्यानमा थनुवा सुरक्षार्थ खटिएका ६ जना कर्मचारीमाथि पनि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस