आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घुस रकम सहित मालपोतको सुब्बा र लेखापढी व्यबसायी पक्राउ

एपी खबर २०७९ फागुन १८, बिहिबार (१ साल अघि) १४१ पाठक संख्या

महोत्तरी। मालपोत कार्यालय जलेश्वरको मुद्दा फाटमा कार्यरत नायव सुब्बा रामकृष्ण पंडित र मालपोत छेउमैं संचालित शुभाष भू सेवा केन्द्रका संचालक लेखापढी व्यबसायी शुभाष चन्द्र लाल कर्ण घुस रकम सहित पक्राउ परेका छन ।

 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासका डीएसपी शुभाष राइको टोलीले बिहीबार अपरान्ह दुवै जनालाई पक्राउ गरेको हो।सेवाग्राही संग काम गरिदिने कार्य वापत नौ हजार घुस लिएको उनिहरू माथि आरोप छ । मालपोतका सुब्बा पण्डितले सेवा ग्राही संग रकम लिएर लेखापढी व्यबसायी कर्ण को फॉर्म मा आएर सो रकम राख्न दिएको बेला अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियारले आबश्यक अनुसन्धानको लागि दुइजना लाई बर्दिबास स्थित कार्यालय लग्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस