आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मिसन ग्रासरुट :जीतपुरसिमरा उपमहानगरको वडा नम्बर १६ को वडा कमिटि बैठक सम्पन्न

एपी खबर २०७९ फागुन १८, बिहिबार (१ साल अघि) १२४ पाठक संख्या

सिमरा : नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को वडाकमिटी बैठक आज सम्पन्न भएको छ ।

बैठकले ग्रासरुट अभियानलाई टोल टोलमा पुर्याउने निर्णय गर्नुका साथै फागुन २७ गते बृहत भेलाको आयोजना गर्ने भएको छ । बैठकमा प्रदेश कमिटी सदस्य किशोर शर्माले अभियान सफल बनाउन सबै लाग्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसैगरी प्रदेश कमिटी सदस्य मनोज पौडेलले बिदेशी चलखेलका कारण एमाले नेतृत्वको गठबन्धन परिवर्तन भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड बिदेशिको इशारामा चलेको आरोप लगाउनु भयो ।

 

उहाँले सबै मिलर पनि एमालेलाइ हराउन नसकेका कारण सबै पार्टी एमाले संग डराएको जिकिर गर्नु भयो । सरकारमा न भएता पनि एमालेले समृद्ध नेपाल,सुखी नेपाली बनाउने अभियानमा एमाले पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।नारायण घिमिरेको सभापतित्वमा र रबिन्द्रराज भन्डारिको सहजीकरणमा सम्पन्न बैठकमा प्रदेश कमिटी सदस्य राज महम्मद राय,जिल्ला कमिटि सदस्यहरु सिमा ठकुरी,रुस्तम अन्सारी,नगर कमिटिसदस्यहरु पुष्पराज थापा,बिजय मैनाली लगायतको उपस्थिति रहेको थियो ।

 

अभियान अन्तर्गत बाराका १६ वटै पालिकाको बैठक सम्पन्न भैसकेको छ भने अब वडा भेला तथा बैठक सुरु भएकेको छ । वडा बैठक तथा भेलाले टोल टोलमा कार्यक्रम सन्चालन गरिने प्रदेश कमिटी सदस्य मनोज पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस