आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरको वडा न ३ द्वारा किसानहरुलाई तरकारीको बिउँ बितरण

अखिलेश कुमार यादव २०७९ फागुन १९, शुक्रबार (१ साल अघि) २५६ पाठक संख्या

सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ ले एक कार्यक्रमको बीच आफ्नो वडा भित्र रहेका किसानलाई तरकारीको बिउँ वितरण गरेको छ ।वडा स्तरीय योजना बाट आर्थिक बर्ष २०७९/८० मा वडा न ३ को कार्यालय बजनीले किसानामुखी कार्यक्रम अन्तर्गत किसानलाई धानको बिउँ,गहुँको बिउँ र तरकारीको बिउँ उपलब्ध गराएको हो । देशमा आर्थिक मन्दी छाएको बेला आफुले वडा स्तरीय योजनामा नै किसानहरुको लागि बिभिन्न प्याकेज अन्तर्गत बजेट बिनियोजन गरेर किसानमुखि कार्यक्रम संचालनमा ल्याएको वडा अध्यक्ष तारा बहादुर कार्की क्षेत्री बताउनुहुन्छ ।गहुँ बालि भित्राए संगै तराइको किसानहरुले चैते धानको खेति गर्ने भएकोले आफुले आफ्नो वडा कार्यालयको तर्फ बाट समयमा नै किसानहरुलाई चैते धानको बिउँ वितरण गराएको र आज एक कार्यक्रमको बीच लौका,करैला,भिंडी,बोडी लगाएतको तरकारीको बिउँ वितरण गरेको समेत उहाँले बताउनु भयो ।समयमा नै वडा न ३ को किसानहरुले धान,गहुँ, तरकारीको बिउँ पाए पछि निकै नै हर्षित भएको देखिएको छ ।यतिकै खालि रहेको आफ्नो जमिनमा वडाले उपलब्ध गराएको बिउँ लगाएर आफै तरकारी उतपादन गरेर खाने भए पछि वडा न ३ को किसान भिम बहादुर कार्कीले वडा अध्यक्ष कार्कीको प्रशंसा समेत गरेको छ ।

 

यता वडा अध्यक्ष कार्कीले अब बैशाख जेठमा आफ्नो वडाको किसानहरुलाई घासको बिउ र मल खाद लगाएत पशुपालन गरिरहेको किसानलाई  सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।उक्त तरकारीको बिउ वितरण कार्यक्रममा वडा सदस्य वडा सचिव लगाएत अन्य जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस