आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको चन्द्रपुर स्थित माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपैयाँ गायब

अखिलेश कुमार यादव २०८० जेष्ठ ८, सोमबार (११ महिना अघि) १३० पाठक संख्या

रौतहट । रौतहटको चन्द्रपुर स्थित माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपैयाँ गायब भएको छ ।रौतहटकै वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ७५००६५३८३८०००१४ बाट ९ लाख रुपैयाँ रकम गायाव भएको हो । आइतबार चन्द्रपुर शाखामा चेक साट्न गएपछि उनले बैंक खातामा पैसा न भएको थाह पाएको थियो ।

 

यादवले बिहीबार मात्रै नेपाल बैंक लिमिटेडको तीन वटा चेक (१२ लाख २० हजार रुपैयाँ) आफ्नो खातामा क्लिरियन्सका लागि माछापुच्छ्रे बैंक चन्द्रपुर शाखामा दिएका थिए । खातामा रकम जम्मा भएको सन्देश पनि उनको मोबाइलमा गएको थियो ।तर आइतबार ८ लाख रुपैयाँ खाताबाट झिक्न चन्द्रपुर शाखामा पुगेपछि कर्मचारीको कुरा सुनेर उनी मुर्छित बने । कर्मचारीले उनलाई खातामा मात्र ३ लाख २० हजार रुपैयाँ रहेको बताएका थिए । त्यसपछि उनी सोधखोज गर्न थाले ।

 

सेवाग्राही यादवले जम्मा गरेको रकम खातामा नरहेको थाहा पाएपछि तत्कालै शाखा प्रबन्धक रामजी दासलाई भेटे । तर शाखा प्रबन्धक दासले रकम कसरी चोरी भएको विषयमा केहि बताउन चाहेनन् ।शाखा प्रबन्धक दासले ह्याकरले रुपैयाँ लगेको हुनसक्ने र यो विषयमा आफैँ सोधखोज गर्नु भनेर गैर जिम्मेवार जवाफ दिएको सेवाग्राही यादवले बताए ।

 

बैंक स्टेटमेन्ट समेत दिन मानेपछि सेवाग्राही यादव र उनका आफन्तले चन्द्रपुर शाखामा होहल्ला गरेका थिए । खाताबाट रकम चोरी हुनुमा बैंकका कर्मचारीकै मिलेमतो रहेको भन्दै उनीहरू आइतबार बिहान ११ बजेदेखि अबेर रातिसम्म बैंक घेराउ समेत गरेको थियो ।पीडित सेवाग्राहीले न्यायका लागि प्रहरी गुहारेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी एकनारायण कोइरालाले बैंकबाट रकम चोरी भएको विषयमा अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘अनुसन्धानबाट सबै कुरा खुल्छ । संलग्न सबैमाथि कारबाही हुन्छ ।’

 

शाखा प्रबन्धक दासले सेवाग्राही यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरी सिटिजन बैंक र सानिमा बैंकमा रकम ट्रान्सफर गरेको देखिएको जानकारी प्रहरीलाई दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस