आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेश सरकारमा नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सहभागी हुँदै

एपी खबर २०८० जेष्ठ ९, मंगलबार (११ महिना अघि) ८६ पाठक संख्या

जकपुरधाम । मधेश सरकारमा आज नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सहभागी हुँदै छ । भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश कांग्रेसका सभापति छन् भने सिंह कोषाध्यक्ष हुन् ।

 

आज दिउँसो १ बजे आफू दईजनाको शपथ ग्रहणको कार्यक्रम राखिएको नवनियुक्त मन्त्री सिंहले बताए ।उनका अनुसार कांग्रेस तत्काल २ मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । र, पछि पुनः दुईवटा मन्त्रालय वा एक सभामुख र एक मन्त्री लिने कांग्रेसको तयारी छ ।मधेश प्रदेशम अहिले एमालेबाट रामचन्द्र मण्डल सभामुख छन् । चार वटा मन्त्रालय कांग्रेसलाई नदिए सभामुखमा उसको दाबी छ ।

प्रतिक्रिया दिनुहोस