आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महोत्तरी बाट एक क्विन्टल गाँजासहित दुईजना पक्राउ

एपी खबर २०८० जेष्ठ १०, बुधबार (११ महिना अघि) ११२ पाठक संख्या

महोत्तरी । महोत्तरी बाट एक क्विन्टल गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेके छ । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिन रहेको प्रहरीले जनाएको छ ।

 

प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकमा पोका पारेर लुकाइछिपाइ लैजाँदै गरेको एक क्विन्टल लागुऔषध गाँजासहित एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट दुवैजनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।प्रहरी प्रवक्ता गिरीको अनुसार दुवैजनामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस