आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा :कार्यपालिका सदस्य रामपती देवी थरुनीको मृत्यु,आईतबार शोक बिदा दिने निर्णय

अखिलेश कुमार यादव २०८० जेष्ठ १३, शनिबार (११ महिना अघि) १५६ पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको शुक्रबार मृत्यु भएको छ । पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको निधन भएको उनको परिवारले जनाएको छ ।

 

 

त्यस्तै नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको शुक्रवार निधन भएको शोकमा उपमहानगरपालिकाले आईतबार शोक बिदा दिने निर्णय गरेको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले सूचना जारी गर्दै नगर प्रमुख र उपप्रमुखको निर्देशन बमोजिम उपमहानगरपालिका र मातहतका कार्यालयमा शोक बिदा दिएको जनाएका छन् ।

 

 

केही दिनदेखि पेट दुखेको बताउदै आएकी चौधरीको निधनको कारण खुल्न सकेको छैन् । चिकित्सकले एपेडिक्सका कारण निधन भएको हुनसक्ने आशंका गरेका छन् ।चौधरी जीतपुरसिमरा १४ बाट निर्वाचित वडासदस्य हुन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचमा उनि नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएकी थिईन् । जीतपुरसिमरा उपमहानगरपालिकाको जनप्रतिनिधि लगाएत एमाले पार्टीले चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।यता मृतक कार्यापालिका सदस्य चौधरीको शुक्रबार नै एमालेको पार्टीको झण्डा ओढाएर अन्तेष्टी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस