आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र ठूलो क्षमताको पानी ट्यांकी निर्माण गरिँदै

एपी खबर २०८० जेष्ठ २७, शनिबार (१० महिना अघि) ७५ पाठक संख्या

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र नेपाल खानेपानी संस्थानले ४ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गर्न लागेको छ । बढ्दो गर्मीका कारण चापाकल लगायतका खानेपानीका मुहानमा पानी आउन छाडेपछि खानेपानी संस्थानले साढे चार लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गर्न लागेको हो ।

 

महानगरपालिकाको वडा नं १६ स्थित नगवामा निर्माण हुन लागेको खानेपानी पानी ट्यांकीको शनिवार जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक तथा पूर्व मन्त्रि प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख राजेशमान सिंहले संयुक्तरुपमा शिलान्यास गरे संगै अब पर्सा जिल्लामै सबै भन्दा ठूलो क्षमता भएको पानि ट्यांकी निर्माण हुने भएको छ । निर्माण हुन् लागेको पानी ट्यांकीले वडा नम्बर १५ र १६ का लगभग ४५ हजार घरधुरी लाभान्वित हुने नेपाल खानेपानी संस्थानका प्रमुख निरन महर्जनले जानकारी दिए ।

 

शिल्लान्याश पछि बोल्दै पर्सा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका जसपाका प्रमुख सचेतक प्रदीप यादवले पानी ट्यांकी निर्माणले वडावासीले भोगिरहेको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे । पछिल्लो समय जलवायु परिवर्तन र बढ्दै गएको तापक्रमका कारण जमिनमुनिको पानीको सतह घट्दै जाँदा चापाकलमासमेत पानी आउन छाडेपछि वर्तमान मागलाई सम्बोधन गर्न पानीट्यांकी निर्माणको काम सुरु गरिएको उनले बताए।

 

नगरप्रमुख सिंहले तराई-मधेसका क्षेत्रमा देखिएको पानीको समस्या गम्भीर भएको बताए । उनले महानगरभित्र देखिएको खानेपानीको समस्या समाधानका लागि नेपाल खानेपानी संस्थानसँग मिलेर महानगरका विभिन्न वडामा चार हजार धारा नि:शुल्क रूपमा जडान गर्न लागिएको जानकारी दिए । महानगरपालिकाले नेपाल खानेपानी संस्थान सँग समन्वय गरेर चार हजार घरधुरीमा निःशुल्क धारा जडान गरिने नगरप्रमुख सिंहको भनाइ थियो ।

 

संघीय सरकारको सहयोगमा नेपाल खानेपानी संस्थानले वीरगञ्ज जलापूर्ति परियोजनाअन्तर्गत कूल लागत रु ५३ करोड ३२ लाख २४ हजार दुई सय २० को लागतमा सो पानीट्यांकी निर्माण गर्न लागिएको खानेपानी संस्थानका प्रमुख महर्जनले बताए। परियोजना दुई वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस