आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धनुषाको नगराईन नगरपालिकाका एक वडा सचिव घुस रकमसहित पक्राउ

एपी खबर २०८० जेष्ठ ३१, बुधबार (१० महिना अघि) ८२ पाठक संख्या

धनुषा: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको नगराईन नगरपालिकाका एक वडा सचिवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले नगराईन नगरपालिका वडा नम्बर–२ का वडा सचिव अमृत झालाई बुधबार साँझ रंगेहात पक्राउ गरेको हो ।

 

सेवाग्राहीसँग काम गरेवापत वडा सचिव झाले नगद ७५ हजार रुपैयाँ घुस लिएको उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।अख्तियारको टोलीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस