आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१९ लाख १४ हजार बराबरका विभिन्न ब्राण्डका मोबाइल तथा घडीसहित एक भारतीय पक्राउ

एपी खबर २०८० अषाढ ३, आईतबार (१० महिना अघि) ८९ पाठक संख्या

वीरगञ्ज – विभिन्न ब्राण्डका १९ लाख १४ हजार बराबरका मोबाइल तथा घडीसहित एक जना भारतीय नागरिकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेका छन्।पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण बिसुनपुर पोष्ट अमवा बिसुनपुर बस्ने ३३ वर्षीय मनोज कुमार रहेका छन्।

 

 

भारतबाट अनधिकृत रुपमा विभिन्न ब्राण्डका मोबाइल तथा घडी भन्सार छली वीरगञ्जमा भण्डारण गरी राखेको सूचनाका आधारमा प्रहरीले मनोजको वीरगञ्ज महानगरपालिका–३२ वदननगरस्थित डेरामा खानतलासी गर्दा फेला पारेको हो। उनको कोठाबाट प्रहरीले विभिन्न ब्राण्डका ५९ थान मोबाइल र एक सय ८५ पिस घडी बरामद गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

 

बरामद गरिएको मोबाइल र घडीको बजार मूल्य १९ लाख १४ हजार कायम गरी आवशयक कारबाहीका लागि मनोजलाई समेत वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी गिरीले बताए।

प्रतिक्रिया दिनुहोस