आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटबाट अबैध हतियार सहित दुई जना पक्राउ

एपी खबर २०८० अषाढ ४, सोमबार (१० महिना अघि) १०३ पाठक संख्या

रौतहट – रौतहटबाट अबैध हतियार सहित दुई जना पक्राउ परेका छन्। रौतहटको मौलापुर नगरपालिका स्थित आइटी चौक बाट चेकजाँच गर्ने क्रममा बिरगंज तर्फबाट आउँदै गरेको यु पी ५७ एफ ३२३८ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

पक्राउ पर्नेमा सर्लाही मंलगवा नगरपालिका–७ बस्ने उमेश राय र मोहन राय रहेका छन्।उनीहरुको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र सोमा लाग्ने गोलि समेत बरामद गरेको रौतहटका डिएसपी उमाशंकर यादवले जानकारी दिए।हतियारसहित पक्राउ परेका दुवै जनालाई अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको डिएसपी यादवले बताए।

प्रतिक्रिया दिनुहोस