आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डेंगू रोग नियन्त्रणका लागि जीतपुरसिमरामा अभिमुखीकरण,बिद्यालयलाई प्राथमिक उपचार बक्स वितरण

अखिलेश कुमार यादव २०८० अषाढ ५, मंगलबार (१० महिना अघि) ११२ पाठक संख्या

जीतपुर : जीतपुरसिमरामा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ। नेपालमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, उदेश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।जीतपुरसिमरा उपमहानगरपालिका भित्रका बिज्ञान विषयका शिक्षकहरुलाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य प्रवर्दन शाखा प्रमुख रबि कुमार भास्करले बताए।यसैबीच अभिमुखीकारण कार्यक्रममै जीतपुरसिमरा उपमहानगरको २४ वटै वडामा रहेका बिद्यालयलाई first Aid Box वितरण गरिएको छ ।प्राथमिक उपचारका लागि आवश्यक व्याण्डेज, त्रिकोण पट्टी, कैंची, सावुन, डिटोल, रुमाल, मास्क, टेप,लाईट, चक्कु, धागो, झोला, स्टीचर लगायतका सामग्रीहरु प्रदान गरिएको हो ।शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शिवजी प्रसादको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहजीकरण सीअहेव जितन ठाकुरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस