आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सीपमुलक २५ दिने ब्युटिसियन तालिम सम्पन्न

पुष्पराज खतिवडा, बारा २०८० अषाढ ११, सोमबार (१० महिना अघि) ११३ पाठक संख्या

बारा :सीपमुलक २५ दिने ब्युटिसियन तालिम सम्पन्न भएको छ । आईतबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ को डुमरवानामा हाम्रो समाज जागरण अभियान सिमराले आयोजना गरेको तालिम सम्पन्न भएको हो । तालिममा सहभागिहरुलाई बारा क्षेत्र नं.३ (क)का प्रदेशसभा सदस्य रविन्द्रदास श्रेष्ठले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका प्रदेशसभा सदस्य श्रेष्ठले जनताको करबाट विनियोजित बजेट समुदाय सम्म पुगोस् र समाजले पाएको महसुस गरोस् भन्ने उदेश्यले सीप मुलक तालिममा खर्च गरिएको बताउनु भयो ।

 

“तालीम सिपमा परिवर्तन होस् । सीप ब्यवसाय बनोस् । अनी सीप सहभागि महिलाहरुको आय श्रोतको माध्यम बनोस् भन्न चाहन्छु ”, उहाँले भन्नु भयो ।यस्तै प्रदेशसभा सदस्य देवनारायण चौधरीले सिपलाई आय अर्जनको माध्यम बनाउन सके मात्रै तालिमको उपलब्धि सार्थक हुने बताउनु भयो । उहाँले सीपलाई जिवनसंग जोड्न सक्नु पर्ने बताउनु भयो । निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५ लाख रुपैंयामा आयोजना गरिएको तालिममा सहभागिहरुले तालिम उपलब्धी मुलक भएको भन्दै थप एड्भान्स तालिमका लागि अनुरोध गरेका छन् ।

 

तालिममा सहभागी सकिला खातुनले मुस्लिम छोरीका लागि ब्युटिसिन तालीम लिन पाउनु नै उपलब्धि भएको बताउनु भयो । “यस तालिममा मैले धेरै सिक्ने मौका पाएँ । मेरो परिवारका महिला सदस्य आज सम्म पार्लर गएका छैनन् । आमा दिदी भाउजुहरुलाई मेकअप गरिदिँए । क्लिजिङ्ग गरिदिँए, उहाँहरु धेरै खुशी हुनुभयो, ” शकिलाले खुशी हुँदै तालिमको अनुभव सुनाउनु भयो । अर्की सहभागी कविता लम्सालले ब्यवसायी बन्न थप तालिम चाहिने बताउनु भयो । आधारभुत तालिमले धेरै ज्ञान दिएपनि जिवन उपयोगी नहुने उहाँले बताउनु भयो ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले गत जेष्ठ १८ गतेमा उद्घाटन गर्नु भएको तालिममा जितपुरसिमरा उपमहानगर वडा नं. १३,१४, १५, १६, १७ र १८ गरी २२ जना सहभागी थिए ।
२५ दिन सम्म दैनिक ३ घण्टाका दरले तालिम दिईएको थियो । सहभागिहरुलाई प्रशिक्षक उर्मिला थापा र सुशीला रेग्मीले सहजिकरण गर्नु भएको थियो ।

 

तालिम समापन कार्यक्रममा हाम्रो समाज जागणर अभियानका सचिव मनोज पौडेल,कोषाध्यक्ष अच्युत पौडेल,संचालक राजकुमार अर्याल, नेकपा एमाले प्रदेश कमिटि सदस्य किशोर शर्मा, जिल्ला सचिवालय सदस्य अनिल मैनाली, सीमा ठकुरी, पत्रकार विदुर खड्का लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस