आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टिपर प्रयोग गरेर इच्छा बहादुर वाग्ले नै घर भत्काएको हो :वडाध्यक्ष कार्की

एपी खबर २०८० श्रावण १७, बुधबार (९ महिना अघि) १४२ पाठक संख्या

बारा : गत साउन ९ गते मंगलबार रति ३ बजेर २७ मिनेटमा टिपरको प्रयोग गरेर जीतपुरसिमरा उपमहानगर पालिका ३ का लालबहादुर पाण्डेको घर इच्छा होटेलका संचालक इच्छा वहादुर वाग्लेलेनै भत्काएको वडा न ३ का वडाध्यक्ष तारा बहादुर कार्कीले आरोप लगाएको छ ।

 

इच्छा होटेलका संचालक इच्छा बहादुर वाग्लेले टिपर लगाएर घर भत्काएको भन्दै ईलाका प्रहरी कार्यालय सिमरामा नाम खुलाएर जाहेरी पिडित पक्षले दिएको तर पावर र पैसाको भरमा प्रहरीले वाग्लेलाई कारवाही नगरेको वडाध्यक्ष कार्कीले बताए ।जाहेरीमा प्रस्ट नाम उल्लेख भए पनि प्रहरीले कारवाही न गरेको प्रति स्थानियहरुले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर बिरोध गरेको थियो ।

 

प्रहरीले अम्लेखगञ्ज, पथलैया, जीतपुर र परवानीपुरसम्मका सीसी क्यामेरामा कैद भएको फुटेज अध्ययन गरेको थियो । घटना हुनुभन्दा केही समय अघि पथलैयाबाट पहेलो रङको आइचर कम्पनीको टिपर निस्किएको र टिपरको पछिपछि एउटा स्कुटर र ईच्छाबहादुर वाग्लेको गाडी उनकै सालो सन्दिप बस्नेले चलाएको फुटेज भेटिएको भए पनि प्रहरीले अहिले सम्म कारवाही न गरेकोले पिडितको ज्यान जोखिममा रहेको वडा अध्यक्ष कार्कीले एपिखबर संग भएको टेलिफोन संवादमा बताएको छ ।

 

ईलाका प्रहरी कार्यालय सिमराले शुक्रबार साँझ वाग्लेका सालो सन्दिप बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।अनुसन्धानका लागि बस्नेतलाई नियन्त्रणमा लिएको क्षणभरमै प्रहरी संगठनकै उच्च अधिकारीबाट तत्काल छोड्न आदेश आएपछि प्रहरीले उनलाई छाडेको कुराले प्रष्ट हुन्छ कि अहिलेको सरकार गरिबलाई मार्ने तर्फ उन्मुख भएकोले गृहमन्त्रीले छिटै यस घटनामा चासो लिनु पर्ने भन्दै वडा अध्यक्ष कार्कीले सरकारको ध्यानआकर्षण समेत गराएको छ ।

 

वाग्लेले पाण्डेलाई बारम्बार भेटेर अन्यत्र बसाइसराइ सरेर जान दबाब दिदै आएका तर पाण्डेले आफ्नो घर छोडेर आफु अन्यत्र कतै नजाने अडान लिए पछि वाग्लेले नै टिपरको प्रयोग गरेर पाण्डेको घर भत्काएको वडा अध्यक्ष कार्कीले बताए ।त्यस्तै उनले वाग्लेले बारम्बार आफ्नो होटेल आसपासका स्तानियालाई धाक धम्कि समेत दिने गरेको बताए ।

ईलाका प्रहरी कार्यालय सिमराले घर भतकाएको आरोपमा ४ जनालाई नियन्त्रण गरेको तर त्यसमा मुख्य दोषी अहिले सम्म खुल्याम घुमिरहेको भए पनि प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन प्रति वडा अध्यक्ष कार्कीले दुख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस