आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भन्सार छली गरेर ल्याएको कपडा सशस्त्र प्रहरीको नियन्त्रणमा

एपी खबर २०८० पौष १३, शुक्रबार (४ महिना अघि) २६४ पाठक संख्या

धिरेन्द्र तिवारी – कलैया ।बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ स्थित बलिरामपुर नाकाबाट सशस्त्र प्रहरीले दुईलाख एक हजार एक सय पचहत्तर रुपैयाँको कपडा पक्राउ गरेको छ । शुक्रबार बिहान ११ बजेको समयमा पैडल बाटो हुँदै चार जानाको समुहमा रहेको ब्यक्तीले  भारत बाट अबैध रूपमा भन्सार छली गरि नेपाल तर्फ भित्र्याई रहेको बेला बिओपी बरैनियाको मातहतमा रहेको  एफ.ओ.बि बलिरामपुर बाट सशस्त्र प्रहरी नायब निरीक्षक ज्ञान बहादुर आले मगरको कमान्डमा खटियको गस्तीटोलिले कपडा नियन्त्रणमा लिएको छ।

 

भरियाहरुले  प्रहरीको गस्तीटोलि देख्न साथ  कपडाको पोक्का फालेर भारत तर्फ भागेको बिओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए।पक्राउ परेका कपडालाई आवश्यक कार्वाहीका लागि बिरगंज भन्सारमा पठाईएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस