आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गौरीशंकर यादव प्रिमियर लिगको पहिलो संस्करणको उपाधि सोबर्नामाई ११ लाई

अखिलेश कुमार यादव २०८० पौष २८, शनिबार (३ महिना अघि) १०० पाठक संख्या

रौतहट : रौतहटको सदरमुकाम गौरमा संचालन भएको गौरीशंकर यादव प्रिमियर लिगको पहिलो संस्करणको उपाधि सोबर्नामाई ११ ले उचालेको छ ।शनिवार गौर स्थित राइस मिल्सको ग्राउण्डमा भएको फाइनल मैचमा क्रान्तिद्वार ११ लाई ५ विकेटले हराउदै सोबर्नामाई ११ उपाधि उचालेको हो ।टस जितेर ब्याटिङ्ग रोजेका क्रान्तिद्वार ११ ले १९.२ ओभरमा अलआउट हुदैं ११२ रन बनाएको थियो क्रान्तिद्वार ११ को तर्फ बाट शनि साहले ४१ रन बनाएको थियो भने सोबर्नामाई ११ को तर्फ बाट साहिल सहनीले ३ विकेट लिएको थियो ।

११३ रनको लक्ष्यलाई पछ्याउदै सोबर्नामाई ११ ले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।सोबर्नामाई ११ को तर्फ बाट राहुल सहनी ४० धर्मेन्द्र यादव २५ रन बनाएको थियो ।सुरुमा ब्याटिङ्ग गर्न आएको धर्मेन्द्र र राहुलले टिमलाई बलियो सुरुवात दिलाए पछि सोबर्नामाई ७४ रनको स्कोरमा पहिलो विकेटको रुपमा राहुल आउट भएको थियो ।गौरीशंकर यादव फाउन्डेसनको सहयोगमा जारि भएको गौरीशंकर प्रिमियर लिगमा रौतहट जिल्ला किकेट संघले आयोजना गरेको थियो ।

बिजेता टिमलाई नगद १५ हजार ट्रफी र उपविजेता टिमलाई नगद ५ हजार रुपैयाँ मधेश प्रदेश सभा सदस्य नागेन्द्र साहले पुरस्कार बितरण गर्नु भएको थियो ।टुर्नामेन्टमै उत्कृष्ट ब्याटिङ्ग अवार्ड बाट सोबर्नामाई ११ को राहुल सहनी सम्मानित भएको छ भने उतकृष्ट बलर,उत्कृष्ट विकेट किपर,उत्कृष्ट फिल्डर लगाएत लाई सम्मान गरिएको गौरीशंकर यादव फाउन्डेसनका अध्यक्ष मोहन यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस