आज:  २०८२ जेष्ठ ५, आईतबार | Sun, 18, May, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

पाँचौ बकुलिया भवानीपुर गोल्ड कपः विरगञ्जलाई हराउदै सर्लाही सेमिफाइनलमा प्रवेश

एपी खबर २०८० चैत्र १७, शनिबार ( १ साल अघि) ३८६ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियामा जारि रहेको पाँचौ बकु;इया भवानीपुर गोल्डकपमा विरगञ्ज युनाइटेड पर्सा पराजित भएको छ । एभरेष्ट फुटबल एकेडेमी सर्लाहीले विरगञ्ज युनाइटेड पर्सालाई पराजित गर्दै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।सर्लाहीले बिरगंज माथि ३–१ को जीत निकालेको थियो । सर्लाहीको जीतमा जर्सि नम्बर ८ का खेलाडी रोहित गोलेले पेनाल्टि प्रहारमा १ गोल, जर्सि नम्बर १४ का खेलाडी अमित गौतम र जर्सि नम्बर १० का खेलाडी समिर राईले समान एक एक गोल गरे । विरगञ्जको तर्फबाट फ्रि किकलाई सदुपयोग गर्दै जर्सि नम्बर २४ का खेलाडी बिकि चौधरीले एक गोल फर्काएका थिए ।खेलको पहिलो हाफको २८ औँ मिनेटमा विरगञ्जका संजय चौधरीले डिबक्स भित्र सर्लाहीका अनिल मगरलाई फल गर्न पुगेका थिए । डिबक्स भित्रको फल भए पछि पेनाल्टी सुटको अवसर पाएको सर्लाहीले अवसरलाई गोलमा परिणत गर्यो । सर्लाहीको तर्फ बाटै दोस्रो हाफको ४ औँ मिनेटमा अमित गौतमले डिबक्स भित्रबाट गोल प्रहार गरेका थिए । खेलको अन्तिम समयमा अनिल मगरले दिएको पासलाई समिर राई उतकृष्ट गोल गर्दै आफ्नो टिमलाई ३–१ को अग्रता दिलाएका थिए ।जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मैन अफ दि मेच सर्लाहीका समिर राई घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका-५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले नगद सहित ट्रफी प्रदान गरे । जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् ।आइतबार आयोजक बकुलिया भवानीपुर र निजगढ युवा क्लब निजगढ एक आपसमा भिड्ने छ ।

प्रतिक्रिया दिनुहोस