आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरका समाजसेवी रन्धीर गुप्ताद्वारा ‘सहयोगी हात नेपाल’ लाई टि शर्ट हस्तान्तरण

एपी खबर २०८० चैत्र १७, शनिबार (१ महिना अघि) १२२ पाठक संख्या

बारा : सामाजिक रुपान्तरणका लागि भविष्यमा समाजसेवा तर्फ थप अग्रसर भई लाग्न र सामाजिक कार्यहरुमा योगदान दिन थप हौसला र उत्प्रेरणा प्रदान गर्ने हेतुले शनिवार जीतपुरका समाजसेवी रन्धीर गुप्ताले एक सामाजिक संस्थालाई टि शर्ट प्रदान गरी सहयोग गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा ७ मा रहेको सहयोगी हात नेपाल, जीतपुर नामक सामाजिक संस्थालाई जीतपुरकै स्थानीय समाजसेवी रन्धीर गुप्ताले आफ्नो पिता स्वर्गीय चन्द्रदेव प्रसाद साह कलवार को स्मृतिमा १२ ओटा टि शर्ट सहयोग गरेका हुन् । सहयोगी हात नेपाल, जीतपुरका अध्यक्ष देवानन्द साहलाई टि शर्ट हस्तान्तरण गरे पश्चात आफूलाई आत्मसन्तुष्टि प्राप्त भएको कुरा समाजसेवी रन्धीर गुप्ताले जानकारी दिएका छन् ।

 

 

अरुलाई सहयोग गर्दा त्यो सहयोग कुनै न कुनै रुपमा आफूनेर पुन: फर्किने कुरा उल्लेख गर्दै अरुलाई सहयोग गर्न सदैव तत्पर रहनुपर्ने कुरामा सहयोगी हात नेपाल, जीतपुरका अध्यक्षले जोड दिनुभयो । धन धेरैसंग भएपनि उदार मन सबैसँग नभएको दुखेसो पोख्दै सहयोगी हात नेपाल, जीतपुरका अध्यक्ष साहले आफ्नो संस्थालाई सहयोग उपलब्ध गराउने समाजसेवी रन्धीर गुप्तालाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै उहाँको सम्पूर्ण घरपरिवारको सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । वर्तमान समाजमा नि:स्वार्थ रुपमा सहयोग गर्ने उदार हृदयका मानिसहरुको निकै खाँचो रहेको हुँदा रन्धीर गुप्ताज्यू जस्तै उदाहरणीय बनेर सहयोग गर्न अघि बढ्नुपर्ने कुरा सहयोगी हात नेपाल, जीतपुरका अध्यक्ष साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस