आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बसको ठक्कर बाट प्रहरी जवान यादवको घटनास्थलमा मृत्यु

अखिलेश कुमार यादव २०८० चैत्र २४, शनिबार (३ हप्ता अघि) ३४८ पाठक संख्या

बारा : बारामा बस्को ठक्कर बाट डियुटीमा खटेका एक जना ट्राफिक प्रहरीको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्ज ट्राफिक पोस्टमा कार्यरत पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी ट्राफिक प्रहरी जवान मुनटुन यादवको बसको ठक्कर बाट शुक्रबार राती ११ बजे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसले ठक्कर दिदा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । रातिको समयमा चोकमा दियुटीमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको र यादवको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए  ।

प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको उनले बताए । घटना बारे थप्प अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस