आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्यपर्यटन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

अखिलेश कुमार यादव २०८१ बैशाख ६, बिहिबार (१ हप्ता अघि) ११६ पाठक संख्या

बारा : ‘वन्यजन्तुको संरक्षण : पर्यापर्यटन र आयआर्जन’ भन्ने मूल नाराका साथ पर्सा राष्ट्रिय निकुञ्जले पनि २९ औं बन्यजन्तु सप्ताह बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईरहेको छ । पर्सा राष्ट्रिय निकुञ्जले २९ औं वन्यजन्तु सप्ताह कार्यक्रम २०८१ को असवर पारेर बिहिवार पर्यपर्यटन समबन्धि सरोकारवाला र पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ ।मधेश प्रदेशको एक मात्र निकुञ्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जले बैशाख १ गते देखि सुरु भएको २९ औं वन्यजन्तु सप्ताह कार्यक्रम बिभिन्न कार्यक्रमो आयोजना गरि मनाईरहेको छ ।

 

पर्यपर्यटन समबन्धि को अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले सप्ताहअन्तर्गत गरिएका विभिन्न कार्यक्रमले वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । सबै प्राणीमध्ये मानव जाति बढी चेतनशील भएकाले पृथ्वीलाई अझ सुन्दर र सबैको साझा बनाउन मानिसको महत्वपूर्ण भूमिका रहने बताउँदै कार्यालय प्रमुख खतिवडाले जैविक विविधता जोगाउन सबैको ऐक्यबद्धता आवश्यक रहेकामा जोड दिए ।बारामा मानव–जनावरबिचको द्वन्द्व बढ्दै गएको भन्दै समस्या समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्ने निकुञ्ज प्रमुख रामचन्द्र खतिवडाले बताए ।

 

निकुञ्ज क्षेत्रको विकाससँगै यस क्षेत्रमा वर्षेनि वन्यजन्तुको वृद्धि भएको र जङ्गली पशुपन्छीहरू उचित वासस्थान गर्नुपर्नेमा निकुञ्ज लागिपरेको खतिवडाले बताए। उनले भने जनावर आहारको खोजीमा निकुञ्ज क्षेत्र बाहिर निस्कँदा मानवको जीउ ज्यान खतरामा पर्नुका साथै बालीनालीमा समेत क्षति पुग्न गएको यो समस्याको समाधानका लागि तिनै तहको सरकारले आवश्यक समन्वय गर्दिएमा मानव र जनावर बीचको द्वन्द्व कम हुने छ ।पर्सा राष्ट्रिय निकुञ्जले रतनपुरी पोस्ट बाट वन मन्त्रीको शुभकामना मन्तब्य पढेर २९ औं वन्यजन्तु सप्ताह सुरु गरेको थियो ।

 

२९ औं वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्जले अधाभार र अमलेखगंजको बाटोको छेउमा फालिएको बोतल,प्लास्टिक सरसफाई लगाएत बिभिन्न कार्यक्रमको आयोजना गरिएको पर्सा राष्ट्रिय निकुञ्जले बताएको छ ।पर्यटकिय आकर्षणका गन्तव्य स्थल बनेपछि समग्र अन्य पुर्वाधारहरुको विकास र पर्यटकिय गन्तव्यहरुको योजनावद्ध स्तर उन्नती हुन सके यहाँको पर्यटन विकास दिगो हुने मध्यवर्ती ब्यवस्थापन क्षेत्रको अध्यक्ष सिताराम अर्यालले बताए ।अन्तरक्रिया क्रायक्रममा पर्यटकिय गतिविधीहरुलाई समेटेर अगाडी बढ्नु पर्नेमा पत्रकारहरुले धारण व्यक्त गरे। ।

 

अर्थतन्त्र चलायमान गर्न पर्यटकीय क्षेत्रले बिशेष भूमिका खेल्ने सरोकारवालाहरुको भनाई थियो। समुदायमा जैविक विविधता र वन्यजन्तुको महत्व बुझाउन, मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न साथै सचेतना जगाउन ‘वन्यजन्तु सप्ताह’ मनाउन थालिएको हो ।मुलुकभर १४ राष्ट्रिय निकुञ्ज, तीन वन्यजन्तु आरक्ष, छ संरक्षण क्षेत्र र एक सिकार आरक्षले आफू अनुकूल कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाएको विभागले जनाएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा बारा,पर्सा,मकवानपुर् क्षेत्रमा सक्रिय रुपमा पत्रकारिता गरिरहेका पत्रकार तथा निकुञ्जका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस