आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संघीय संसदको सार्वजनिक लेखा समिति द्वारा मानवत–मटिअर्वा सडकको स्थलगत निरीक्षण

एपी खबर २०८१ बैशाख ६, बिहिबार (१ हप्ता अघि) ७० पाठक संख्या

बारा – लामो समय देखि ट्रोल बन्दै आएको बाराको मानवत–मटिअर्वा सडकखण्ड तर्फ अहिले संसदको सार्वजनिक लेखा समितिको ध्यान पुगेको छ ।संसदको सार्वजनिक लेखा समितिले बिहिवार मानवत–मटिअर्वा सडकखण्डको स्थलगत अनुगमन गरेको छ ।मानवत–मटिअर्वा सडकखण्डको निर्माणको लागि पटक अवाज उठे पछि अहिले संसदको सार्वजनिक लेखा समितिको ध्यान पुगेको छ ।सडकखण्डको स्थलगत अनुगमन गर्दै समितिका सदस्य सांसद अमरेशकुमार सिंहले अधुरो रहेको सडक निर्माण छिटो गर्न ठेकेदारलाई निर्देशन दिएको छ । उक्त सडक खण्डअन्तर्गत अन्य स्थानको सडक बने पनि संस्कार एफएमदेखि शितलपुरसम्मको सडक अलपत्र छाडिएको छ।

 

धुलोधुँवाले हिँडडुल गर्न पनि समस्या भएपछि स्थानीयले पटक–पटक चक्काजामसमेत गरेका थिए। तर पनि हालसम्म उक्त सडक निर्माण हुन सकेको छैन।अहिले उक्त सडक भएर दैनिक हजारौ सवारी साधन आवत जावत गर्ने गरेको छ । स्थलगत निरीक्षण गर्न पुगेका सार्वजनिक लेखा समितिका सदस्य पूर्व वनमन्त्री प्रदीप यादवसहित सदस्यहरु रामकृष्ण यादव, अमरेश कुमार सिंह, वेदप्रसाद तिमल्सिना, प्रभु हजरालगायतले सडक निर्माणको अवस्था, समस्यालगायतका विषयमा स्थानीय र जनप्रतिनिधिसँग छलफल गरेका थिए।मानवत–मटिअर्वा सडक खण्ड समयमा निर्माण हुने जनप्रतिनिधिले भने पनि त्यो अहिले सम्म भाषणमा मात्र सिमित भएको देखिएको छ । मानवत–मटिअर्वा सडक खण्ड निर्माण नभए पछि अहिले धुलो सहित यात्रा गर्न स्थानीयहरु बाध्य भएको छ ।

प्रतिक्रिया दिनुहोस