आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा शनिबार प्रदर्शन

एपी खबर २०७७ मंसिर २०, शनिबार (३ साल अघि) ५७७ पाठक संख्या

काठमाडौं : राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा शनिबार प्रदर्शन भएको छ ।माइतीघर मण्डलामा राष्ट्रिय नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा प्रदर्शनकारीले राज्यसंस्था पुनर्स्थापना तथा धार्मिक सापेक्षतासहितको राज्यको माग गरेका छन् ।

उनीहरुले संघीयताको विकल्प खोजिनु पर्ने र अबको विकल्प नागरिक सरकार रहेकोसहितका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

 

आन्दोलनमा सहभागी अधिकांशसले मास्क लगाएका छन् भने प्रायले राष्ट्रिय झण्डा बोकेका छन् । पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा यस्ता प्रदर्शन लगातार हुँदै आएका छन् ।

शनिबारको प्रदर्शनमा पनि सहभागीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ठूलो तस्विर बोकेका छन् । प्रदर्शनमा विभिन्न झाँकी समूह पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस