आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गैंडाको खागसहित ५ जना पक्राउ

एपी खबर २०७७ मंसिर २६, शुक्रबार (३ साल अघि) ५१२ पाठक संख्या

काठमाडौं :स्वयम्भूबाट गैंडाको खागसहित ५ जना पक्राउ परेका छन् ।महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर-१५ स्वयम्भूको किमडोलबाट ५ जनालाई पक्राउ गरेको हो ।

 

अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली खटिएको थियो । पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ रहेका छन् ।

 

त्यस्तै नुवाकोट मेघाङ गाउँपालिका ६का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङ छन् । बिक्री वितरण गर्न कोठामा राखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई खागसहित पक्राउ गरेको छ ।उनीहरूमाथि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस