आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

एपी खबर २०७७ पौष १६, बिहिबार (३ साल अघि) ५२९ पाठक संख्या

काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, गुर्जुधारामा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको ज्यान गएको छ ।

गएराति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको ज्यान गएको हो ।

 

ज्यान गुमाउनेहरुमा धादिङको गल्छी घर भएर थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभाष गमाल रहेका प्रहरीले जनाएको छ । दुवै जनाको घटनास्थलमै ज्यान गएको हो । टिप्पर चालक रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस