आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकवानपुरमा १ सय ३० किलो लागुऔषध गाँजासहित आठ जना पक्राउ

एपी खबर २०७७ पौष २४, शुक्रबार (३ साल अघि) ५०८ पाठक संख्या

मकवानपुरमा १ सय ३० किलो लागुऔषध गाँजासहित आठ जना पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले शुक्रबार बिहान करिब ४ बजे मनहरी गाउँपालिका ८ सिमपानीबाट ४४ किलो गाँजा बरामद भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार पूर्व पश्चिम लोकमार्गको किनारामा सो मात्राको गाँजासहित आठ जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा राक्सिराङ्ग गाउँपालिका २ का २२ वर्षीय सुजन प्रजा, २५ वर्षीय दीपक लामा, ५२ वर्षीय कान्छाराम लामा, ४५ वर्षीय गोपाल चेपाङ्ग, ३१ वर्षीय रतन सिङ्गतान, ३६ वर्षीय उद्धास ब्लोन, २५ वर्षीय प्रेम मोक्तान र ३४ वर्षीय सीताराम सिङ्गतान छन् ।

 

त्यसैगरी, प्रहरीले बिहीबार राति मनहरी ६ मा लागुऔषध ओसारपसार हुँदैछ भन्ने सूचना पाएको थियो । सो सूचनाको आधारमा प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो ।

 

रूपाचुरी जंगलमा केही मानिसहरूले बोराहरू बोकी ल्याएको प्रहरी टोलीले देखेको थियो। तर प्रहरीलाई देखेपछि उनीहरूले बोरा छाडेर जंगल भागेर फरार भएका थिए । उक्त पोकाहरू खोली हेर्दा ८६ किलो गाँजा फेला परेको थियो । यसमा संलग्नहरूको खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक रानाले बताए ।

प्रतिक्रिया दिनुहोस