आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला पर्यो

एपी खबर २०७८ माघ २८, शुक्रबार (२ साल अघि) ३२६ पाठक संख्या

काठमाडौं । माघ ८ गते ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ ।

खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज बिहान मूर्ति फेला परेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनु भयो ।

‘प्रहरी प्रशासनको अत्यन्त दबावमूलक अनुसन्धान, प्राथमिकता र स्थानीयको जागरुकताको कारण मूर्ति फेला परेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनु भएको छ ।

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करूणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ ।

बालकुमारी माईको उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ । केहीबेरमा मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस