आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौंको एक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा २ जना घाइते

एपी खबर २०७९ जेष्ठ २२, आईतबार (१ साल अघि) २८९ पाठक संख्या

काठमाडौं । काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

 

काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर- ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएका हुन् ।

 

किशोरीको दुबै खुट्टा, हात र अनुहारको केही भाग जलेको छ भने दिपकको बाँया गालामा पोलेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस