आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाघको आक्रमणबाट चितवनमा  ६८ वर्षीय वृद्धको मृत्यु

एपी खबर २०७९ भाद्र २७, सोमबार (१ साल अघि) ३०३ पाठक संख्या

चितवन । बाघको आक्रमणबाट चितवनको माडी नगरपालिकामा एक वृद्धको मृत्यु भएको छ । बाघको आक्रमणबाट माडी नगरपालिका २ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

 

सामुदायिक वनमा आज बिहान वृद्धको शव फेला परेको चितवनका प्रहरी प्रवक्ता नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । प्रवक्ता पण्डितका अनुसार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारी शनिबारदेखि बेपत्ता भएका थिए ।

 

हिजोदेखि बेवत्ता भएका वृद्धको खोजी गर्ने क्रममा मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस