आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिकित्सक कुटपिटको विरोधमा बाग्मती प्रदेश सभा भवन अगाडि स्वास्थ्यकर्मीकाे प्रदर्शन

एपी खबर २०८० भाद्र ३०, शनिबार (७ महिना अघि) १६२ पाठक संख्या

मकवानपुर – हेटाैँडाकाे सञ्चाे अस्पतालमा कार्यरत दुई डाक्टरमाथि भएकाे कुटपिटकाे विराेधमा मकवानपुरका स्वास्थ्यकर्मीहरुले आज बाग्मती प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका छन्। डाक्टर प्रशान्त बिडारी र विकास थापामाथि बुधवार कुटपिट भएपछि कारबाहीकाे माग गर्दै स्वास्थ्यसंस्थाकाे आकस्मिक बाहेकका सेवा बन्द गरेर उनीहरु आन्दाेलनमा उत्रिएका छन् ।

 

उनीहरुले चिकित्सक कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने माग गरेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण अहिले यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । भवनभित्र प्रदेश सभा बैठक चलिरहेको छ। बुधवार बिहान हेटौँडा–१, भिन्तुनापथमा रहेकाे सञ्चो अस्पतालमा चिकित्सकमाथि आक्रमण भएको थियो ।

 

गएकाे साउन २५ मा डेङ्गीबाट चितवनमा ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरलाई कुटपिट गरेका हुन्। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने नेपाल चिकित्सक सङ्घले दुई जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस