आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विजयनगरमा जसपा नेपालको संगठन शुद्धिकरण तथा जनजागरण भेला सम्पन्न

अजय मिश्र, कपिलबस्तु २०७८ आश्विन १७, आईतबार (२ साल अघि) ३९७ पाठक संख्या

कपिलवस्तु । जनता समाजबादी पार्टी नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण अभियान अन्र्तगत विजयनगर गाँउपालिका वडा नम्बर ६ खजाहानीमा वडा स्तरीय भेला सम्पन्न भएको छ । भेलाले मो.मुजामिल पठानको अध्यक्षत्मा ५७ सदस्य वडा ईकाइ कमिटि गठन गरेको छ । नव गठित इकाइ कमिटीलाई शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रवक्ता अकरम पठानले विजयनगरमा जसपाको अभियानलाई सफल बनाउन एकताबद्ध भएर लाग्न अनुरोध गर्नुभयो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा उपाध्यक्ष रामनिवास पुरीले जसपा नेपालको सुदृढीकरण गर्दै पार्टीलाई बलियो बनाउन र अगामी दिनको भावी रणनीति तय गर्न बिषेश अभियानमा आफुहरु लागेको बताउनुभयो । उहाले बिजयनगरका जनतामा जसपाप्रतीको विश्वास अझ दृढ बनाउन तथा संगठन विस्तार गरि आफैमा मजबुत हुन नव गठित कमिटिलाई पदाधिकारीहरुलाई निर्देश गर्नुभयो । साथै पुरीले वडामा पालिकाबाट भई गरेका कार्यलाई जसपाले निगरानि गर्न आवश्यक रहेको बताउनु भएको छ । पुरीले राम्रो कार्यमा सहभागी भई सहयोग गर्ने र नराम्रो कार्यमा खबरदारी गर्न पछि हट्न नहुने तर्क गर्नुभयो ।

 

पार्टीको निर्देशन अनुसार जारी शुद्धिकरण तथा जनजागरण अभियान अन्र्तगत पार्टी भित्र रहेका निस्क्रिय तथा दोढारे चरित्र भएकाहरुदाई पाखा लगाई नयां तथा जुझारु कार्यकर्ताहरुका साथ नयाँ तरिकाले अगाडि बढ्ने योजना रहेको जसपा विजयनगर इकाइ कमिटी अध्यक्ष सन्तराम तेलीले बताउनुभयो ।

 

जसपा बिगरनगर गाउपालीका अध्यक्ष राजकुमार भुजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य रहिस खाँ, ज.स.पा नेता राज कुमार चौधरी, यूवा नेता वजरङगी गुप्ता, विजनलाल श्रीवास्तव, कैलस चौधरी, वृजराज चौधरी, वार्ड नं.१का पार्टि सभापति राजकुमार भुज, वार्ड नं.२ का उपसभापति तुलसीराम भर, वार्ड नं.३ का सभापति अब्दुल गनी, वार्ड नं.४ का सभापति जिवनलाल तिवारी, वार्ड नं.५ का सभापति शिवनारायण तेलीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण जसपा नेपाल वडा इकाइ कमिटी सदस्य अशोक कुमार कलावारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस