आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युनिसेफको सहयोगमा आइशा गर्ल्स कालेजका छात्राहरुलाई शैक्षिक सामाग्री

अजय मिश्र, कपिलबस्तु २०७८ कार्तिक ९, मंगलबार (२ साल अघि) ४२१ पाठक संख्या

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजमा अध्ययनरत छात्राहरुलाई युनिसेफको सहयोगमा शैक्षिक सामाग्री वितरण गरीएको छ ।

 

डा. मन्जुर खांको अध्यक्षता तथा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको प्रमुख आतित्यथामा अयोजित एक कार्यक्रमका बिच उनिहरुलाई उक्त सामाग्री वितरण गरीएको हो । कार्यक्रममा विशिष्ट अतिथि डा. सलमान खान सहित राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, शैख अब्दुल रशीद मदनी, शैख अबरार मक्की, अब्दुल अजिम मदनी अतिथि हरूमा राष्ट्रीय मदरसा संघ नेपालकाउपाध्यक्ष शैख जैश मक्की, सदस्य मोहम्मद मुस्लिम, सल्लाहकार अब्दुल अजिज, मौलाना अब्दुल नूर, डा. सइद, अब्दुल सत्तार, मौलाना एहसानुल्ला रहमानी लगायतको उपस्थिती रह्यो ।

कार्यक्रमका बत्ताहरुले छात्राहरुलाई शैक्षिक सामाग्री प्रदान गरेकोमा युनिसेफ नेपाललाई धन्यबाद दिएका थिए । उक्त सामाग्रीहरुले विद्यार्थीहरुको मनोबल बढ्ने तथा शैक्षिक विकाशमा टेवा पुग्ने उनिहरुको भनाई थियो । उनिहरुले लुम्बिनी प्रदेशमा मदरसा बोर्डले राम्रो काम गरीरहेको भन्दै मुस्लिम समुदायमा शिक्षाको स्तर उकास्न अझै धेरै सहकार्य र सक्रियाताको खाचो औल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस