आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कृष्णनगरमा पनि विषेश उल्लासका साथ मनाईयो छठ

अजय मिश्र, कपिलबस्तु २०७८ कार्तिक २५, बिहिबार (२ साल अघि) ६६० पाठक संख्या

कपिलवस्तु ‌। तराईका जिल्लाहरुमा आज उदाउँदो सूर्यलाई अर्घ दिई छठि माताको पुजा सम्पन्न गरिएको छ ।

 

मधेसी समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा पनि छठ पर्व मनाउने क्रममा बिहिवार आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले बुधवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु भएको छठको बिधि आज उदाउँदो सूर्यलाई अर्घ दिएपछि पुरा भएको हो ।

 

पर्व मनाउनका लागि कपिलवस्तुको तौलिहवा, बहादुरगंज, महाराजगंज लगायत विभिन्न स्थानका जलासय सिँगारिएको छ । छठ व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभेर माटोले निर्मित भाड़ा वर्तन,कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाड़ा वर्तनमा राखिए कोरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफुल, सामग्रीहरु सूर्य देवतालाई चढ़ाउने गर्दछन् ।

 

कृष्णनगर नगरपालिका वडा नं १ स्थित पोखरीमा पनि छठपूजा धुमधामका साथ मनाइएको छ l उक्त स्थानमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, राष्ट्रीय प्रजातंत्र पार्टी केन्द्रीय सदस्य श्याम कुमार मिश्र, वडाध्यक्ष संजय कुमार गुप्ता लगायत श्रद्धालु हरू रहेका थिए l

प्रतिक्रिया दिनुहोस