आज:  २०८१ जेष्ठ ११, शुक्रबार | Fri, 24, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आन्तरिक कलहले कांग्रेस सिद्धिने खतरामा छ : नेतृ सुजाता कोइराला

AuthorAP Khabar२०७६ जेष्ठ ४, शनिबार (५ साल अघि) ४५१ पाठक संख्या

जेठ ४ भक्तपुर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आन्तरिक कलहले कांग्रेस सिद्धिने बताउनु भएको छ । जीपी कोइराला फाउन्डेशन भक्तपुरको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

नेतृ कोइरालाले भन्नुभयो पार्टीभित्रको झगडा र गुटैगुटका कारण कांग्रेस कमजोर हुँदै गएको छ, यसलाई नसच्याए आगामी निर्वाचनमा पनि कांग्रेस पराजित हुनेछ ।

कांग्रेस आगामी निर्वाचनमा पनि पराजित नेपालमा एक दलीय कम्युनिष्ट शासन लागू हुने बताउँदै उहाँले पार्टीभित्रको कलह र गुट उपगुट अन्त्य गर्नु पर्नै बताउनु भयो ।

जीपी कोइराला फाउन्डेशनको केन्द्रीय अध्यक्ष समेत रहेकी नेतृ कोइरालाले संसदमा आफ्नो पार्टीको संख्या कम भएकै कारण नेकपाले पेल्दै लागेको बताउनु भयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको जीवनीसम्बन्धी तस्बीर प्रदर्शनीमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस