चैत्र ३ गायक सज्जन धामी पछिल्लो समय लोक तथा देउडा गीतमा आफ्नो भबिष्य खोजिरहेका छन् । काठमाडौंमा संघर्ष गरिरहेका गयक धामीको लगन जुराई सार्वजनिक भएको छ ।
टेकराज अछामीको शब्द रहेको गीतको लय सिर्जना धामीले गरेका छन् । गीतमा अभिनय ऋचा थापा र धन बहादुर सोनिको रहेको छ । निर्देशन दिपक भण्डारीले गरेका छन् । राजेश कुमारले सम्पादन गरेको गीतका छाँयाकार नरेश ऐर रहेका छन् । गीतले बजार लिने अपेक्षा धामीले गरे ।
सुदूरपश्चिमको अछाम जन्मेका धामीले दर्जनौँ गीतमा स्वर तथा लय दिइसकेका छन् । यो गीतलाई उनले पृथक तरिकाले निकालेका छन् ।
प्रतिक्रिया दिनुहोस