आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पार्टीको तर्फबाट मृतक परिवारीलाई ५ लाख दिने पूर्व मन्त्री प्रचण्डको घोषणा

AuthorAP Khabar२०७५ चैत्र १९, मंगलबार (५ साल अघि) ३५५ पाठक संख्या

एपी खबर
बारा, चैत्र १९ : नेकपाका नेता एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड बाराको हावाहुरी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्र पु्रैनिया र भलुही भर्वलियाका अवलोकनका साथै विरगंज नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको विरामीसंग भेटघाट समेत गर्नुाभएको थियो ।

घटना स्थलमा नेता प्रचण्डले पिडितहरु माँझ प्रदेश सरकारले प्रति घर तीन लाख रुपैयाँ दिने घोषणा भएको जानकारी गराउँदै आफ्नों पार्टीबाट पहल गरी प्रत्येक मृतक परिवारलाई पाँच लाख रुपया दिने निर्णय गारउने घोषणा गर्नुभएको थियो् ।

उहाँले सम्पूर्ण घाईतेहरुको उपचार सरकारले गर्ने बताउँदै घर भत्केकाहरुको पुर्ननिर्माण सरकारले नै उद्घोष गर्नुभएको थियो । मृतकहरुलाई समवेदना व्यक्त गर्दै बाराको यस घटनामा संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका साथै पुरै नेपालबासि नै अहोरात्र राहतमा जुट्ने बताउनुभयो ।

उहाँले एकै परिवारबाट चार जनाको मृत्यु भएका साहेब अंसारीलाई राहत समाग्री वितरण गर्दै नेपाल मुस्लिम आयोगको तर्फबाट निशुल्क शिक्षाको ब्यवस्था गराउने समेत प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

यसैगरी घटना स्थलमा मन्त्रि मातृका यादव राजपाका राजेन्द्र महत्तो , अनिल झा , प्रदेश सभामुख सरोज यादव , प्रभुसाह , लगायतका प्रतिनिधि सभा तथा प्रदेश सभाका नेताहरुको उपस्थिति रहेको थियो । घाटना स्थलमा सबै नेताहरुले आ–आफ्ना तरिकाले पिड्तिहरुसँग प्रत्यक्ष संवाद गरेका थिए ।


बारामा मृतकहरुको संख्या २७ पग्यो , पर्सामा एक
विनाशकारी आँधीवेरीमा परी बारामा ज्यान गुमाउँनेहरुको संख्या २७ पुगेको छ । भने पर्सामा एक जनाले ज्यान गुमाएका छन् ।

आईवार साँझ करिब ७ ः २० बजेको समयमा आएको विनाशकारी आँधीवेरीका कारण बाराको फेंटा गाउँपालिका वर्ष ५५ का हरिनारायण दास , वर्ष ४५ की मनोरमा देवी वर्ष २४ की रुनि देवी , नन्द पटेल , वर्ष १२ की रुबी खातुन , वर्ष ५० की गढीमा देवी वर्ष २५ की बबिमा खातुन , वर्ष ५० मुस्तकिमा खातुन , वर्ष २५ की मिना खातुन वर्ष ११ का नोक्सा मियाँ , वर्ष ३ की अलिसा खातुन , वर्ष ४० की सकिया खातुन वर्ष १२ की सम्सिधा खातुन , वर्ष १८ की सबनम खातुन र वर्ष ५ का.अफरोज अंसारी रहेका छन् ।

त्यस्तै बाराको प्रसौनी गाँउपालिका बस्ने वर्ष ५५ का अच्छलाल माझी , सुवर्णपुर गाउँपालिका बस्ने वर्ष ३० की तरिफा खातुन , वर्ष ६५ श्रीप्रसाद यादव , महागढीमाई नगरपालिका बस्ने वर्ष ७५ की कोईरी देवी , भारत बिहारका वर्ष २२ का राजेश मुखिया , सीतामढीका वर्ष २३ का अवधेश पासवान , उत्तरप्रदेश बरैली लाजगञ्जका वर्ष ४१ का राधे लाढी , पर्साको भवानीपुर बस्ने वर्ष ४५ का राम माझी , ४ वर्षिय सुरज माझी लगायत बारा र पर्सामा २८ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले बताए ।

के गर्दै छ सुरक्षा निकाय ?

विनाशकारी आँधीवेरीले पिडादाई बनाएको यस जिल्लामा आईतवारबाटै ठूलो संख्यामा सुरक्षाकर्मीहरु अहोरात्र खटिरहेका छन् । आँधीवेरीका कारण भग्नअवशेषमा परिणत भएको जिल्लाका स्थानहरुबाट सयौंको संख्यामा नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले मृतकहरुको शव निकाल्नुका साथै घाईतेहरुको उद्दार गरि उपचारको लागि नजिकका अस्पतालमा पठाएको थियो । आँधीवेरीका कारण बारामा मात्रै पाँच सय भन्दा बढी स्थानीयहरु घाईते भएका छन् । भने १२ सय घरहरु भत्किएका छन् ।

 

टेन्ट लाग्दै

यता हावाहुरीबाट घरबार बिहिन बनेका घटना स्थलका परिवारलाई सुरक्षीत राख्न नेपाल सरकारको तर्फ ३ सय टेन्ट लगाइएको छ । फेटा गाउपालिका ६ पुरैनियामा १ सय ५० र अरु बाकिं स्थानमा गरी तिन सय टेन्ट लगाइएको जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

टेन्ट लगाउन नेपाली सेना, नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीको टोलीले स्थानियहरुलाई सहयोग गरीएको पाइएको छ ।
यसैगरी स्थानिय तहहरुको सहकार्यमा खानाको राम्रो ब्यवस्था मिलाउने काम समेत भैरहेको छ । गाँउमा हुने भोज जस्तै गरी गाँउमा दुई तिन स्थानमा खाना पकाउने र सबैलाई एकै ठाँउमा बसाएर खाना खुवाउने काम स्थानिय तहहरुले गरेको छ ।

प्रतिक्रिया दिनुहोस