आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किए कतारको राजा

एपी खबर २०८१ बैशाख १२, बुधबार (१ हप्ता अघि) ९४ पाठक संख्या

काठमाण्डाै – कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएकाे छ । उहाँ आज दिउँसाे स्वदेश फर्किनुभएकाे हाे । कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पाैडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । उहाँलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

 

राष्ट्रपति पौडेलको निमन्त्रणमा कतारका अमिर दुई दिने राजकीय भ्रमणका लागि हिजाे नेपाल आइपुग्नुभएकाे थियाे । हिजाे नै राष्ट्रपति पाैडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता भएकाे थियाे । उहाँकाे सम्मानमा राष्ट्रपतिले साेल्टी हाेटलमा रात्रिभोजको आयोजना गर्नुभएको थियाे ।आज बिहान प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबीच भेटवार्ता भएकाे थियाे । भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलले विभिन्न आठ वटा क्षेत्रमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाण्डाैमा सन् २०११ अगस्टमा राजदूतावास स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस