आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मिस नेपालमा ‘मेकअप’ बिना सहभागी हुनेलाई ‘जज’को गाली, शृङ्खलाले दिइन् जवाफ

AuthorAP Khabar२०७५ चैत्र २३, शनिबार (५ साल अघि) ३६० पाठक संख्या

मिस नेपालमा सहभागी हुन बिना मेकअप पुगेकी ललितपुरकी अस्मिता महर्जनको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रमकी ‘जज’ रचना गुरुङ शर्माले उनलाई मेकअप बिना अडिसनमा आएर कार्यक्रमको अनादर गरेको भन्दै गाली गरेको भिडियोमा देख्न सकिन्छ ।

यो भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि मिस नेपाल २०१८ शृङ्खला खतिवडाले ट्वीटरमा आफ्नो बिना मेकअपको फोटो पोष्ट गरेकी छन् । उनको यो पोष्टले सुन्दर हुनलाई मेकअप गर्नै पर्छ भन्ने गुरुङको तर्कलाई बलियो जवाफ दिएको छ । शृङ्खलाले आफ्नो फोटोसँगै लेखेकी छन्, ‘नो मेक अप एण्ड स्टिल व्युटीफूल’ अर्थात् ‘मेकअप नगरे पनि सुन्दर’ ।

प्रतिक्रिया दिनुहोस