चैत्र २७ तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा मन्त्री र सचिवबीच टकराव देखिएको छ । सामाजिक विकास मन्त्री युवराज दुलालले सचिव लोकनाथ पौड्यालको कार्यकक्षमा ताला लगाउनु भएको छ ।
सचिवले सबै फाँटका काम पेन्डीङ राखेर फाइलको चाङ लगाएको आरोप लगाउँदै मन्त्रीले मंगलबार साँझ सचिव पौड्यालको कार्यकक्षमा तालाबन्दी गरेको बताउनुभयो । फागुनको तेस्रो साता सरुवा भइ मन्त्रालय हाजिर भएका सचिवले महाशाखा, र मन्त्रालयका महत्वपूर्ण निर्णय गर्नुपर्ने कामप्रति बेवास्ता गरेको मन्त्री दुलालको आरोप छ । सचिवले मातहतका कर्मचारीलाई हप्कीदप्की गरी अमर्यादित व्यवहार गरेपछि बाध्य भएर कार्यकक्षमा तालाबन्दी गरेको मन्त्री दुलालले दाबी गर्नुभयो ।
मन्त्री दुलाल र सचिव पौड्याल दुबै बुधबार काठमाडौं गएका छन् । मन्त्रालयका अन्य कर्मचारीहरुले भने यस विषयमा बोल्न चाहेनन् । सचिव पौड्यालसँग बुझ्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन ।
janta samachar
प्रतिक्रिया दिनुहोस