जेठ १२ । श्रीलंका र भारतबीचको समुद्री मार्ग हुँदै इस्लामिक स्टेटका लडाकुहरु भारत छिर्ने तयारी गरिरहेको भारतीय गुप्तचर निकायले जानकारी दिएको छ । यस्तो सुचनासँगै भारतको केरला राज्यका तटीय क्षेत्रहरुमा सुरक्षा सतर्कर्ता बढाइएको छ ।
भारतीय सञ्चारमाध्यामका अनुसार १५ लडाकु डुंगाबाट भारततर्फ अघि बढिरहेको सूचनाका आधारमा धेरै संख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिएको छ । केरला प्रहरीले तटीय क्षेत्रमा हाई अलर्ट गर्दै संदिग्ध डुंगाहरुबारे अनुसन्धान गरिरहेको बताएको छ ।
२३ मे मा नै लडाकुहरु समुद्री क्षेत्रमा देखिएको सूचनाका आधारमा त्यही दिन देखी सावधानी अपनाउन सुरु गरिएको बताइएको छ । केरलामा श्रीलंकामा भएको इस्टर आक्रमण देखि नै अलर्ट जारी भएको थियो । २५० भन्दा बढीको मृत्यु हुने गरि भएको आक्रमण पहिला आक्रमणकारीहरु केरलामा नै बसेको बताइएको छ ।
श्रोत जनता समाचार
प्रतिक्रिया दिनुहोस