आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भीटेन र शिल्पा मास्के प्रेममा ? फ्यानले दिए राम्राे प्रतिकृया

AuthorAP Khabar२०७६ श्रावण १६, बिहिबार (४ साल अघि) ५१८ पाठक संख्या

साउन १६ काठमाडौं : भीटेनका नामबाट चर्चित र्‍यापर समीर घिसिङले नायिका शिल्पा मास्केसँगको एक तस्वीर शेयर गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा फ्यानले जोडी सुहाएको भन्दै प्रतिक्रिया दिएका छन्।

पछिल्लो समय ‘यस्तै त हो नि ब्रो’ बजारमा ल्याएर चर्चा कमाएका भीटेनले शेयर गरेको तस्वीरमा फ्यानले माया दर्शाउँदै कमेन्ट गरेका छन्। बेलाबेलामा समीर र शिल्पा प्रेममा भएको चर्चा चल्ने गरे पनि यस बारेमा उनीहरुले मुख खोलेका छैनन्। शिल्पा मास्के अभिनित फिल्म ‘सानो मन’ को प्रिमियरमा पनि भीटेन पुगेका थिए।

भीटेन र शिल्पा मास्के प्रिमियरका क्रममा पनि एकसाथ देखिएका थिए। समीरका पछिल्लो समय फ्यान फलोइङ बढ्दै गइरहेका छन्। शिल्पाले अभिनय गरेका फिल्मले पछिल्लो समय खासै चर्चा कमाउन नसके पनि उनी अहिलेकी चर्चित नायिकामध्ये एक नायिका हुन्।

प्रतिक्रिया दिनुहोस