आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लुक्लाबाट उडेको तीन मिनेटमै जहाजको इन्जिन ‘फेल’

AuthorAP Khabar२०७६ भाद्र १८, बुधबार (४ साल अघि) २६३ पाठक संख्या

सोलुखुम्बु, भदौ १८ : बुधबार लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एअरको जहाजको इन्जिन तीन मिनेटमै ‘फेल’ भएको छ ।लुक्लाबाट बिहान ८ः२१ मा उडेको ‘नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इन्जिन उडानकैक्रममा फेल भएको प्राधिकरणले जनाएको छ ।

विमानको एउटा इन्जिन फेल भएपनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इन्चार्ज इमानाथ अधिकारीले जानकारी दिए ।सो जहाजमा चालकदलका तीनजनामात्रै सवार थिए ।काठमाडौंबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कंदा खाली फर्किएको नागरिक उडड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।

प्राधिकरण लुक्लाका प्रमुख अधिकारीकाअनुसार उडिसकेपछि इन्जिन फेल भएकाले दुर्घटनाबाटजोगिएको हो ।जहाज उड्ने समयमा यस्तो भएको भए केही दुर्घटना हुनसक्ने उनको भनाछ ।क्याप्टेन भरत थापाले उडाएको जहाज बिहान ८ः५१ बजे सकुशल अवतरण गरिएको बताइएको छ ।
इमेजखबर :

प्रतिक्रिया दिनुहोस