आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

AuthorAP Khabar२०७६ फागुन २६, सोमबार (४ साल अघि) २१८ पाठक संख्या

फाल्गुन २६ काठमाडौं

 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ । बुधबार दोस्रो पटक मृगौलाको प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको चिकित्सकहरुले बताएका हुन् ।

चिकित्सकका अनुसार प्रधानमन्त्रीले नियमित खानपान, हिडडुल र व्यायमलाई निरन्तरता दिनुभएको छ । उहाँको स्वास्थ्यमा क्रमिक सुधार भएपनि डिस्चार्ज गर्ने समय भने अहिले  नै भन्न नसकिने चिकित्सकहरुको भनाइ छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्गाले नियमित रुपमा चेकजाँच भइरहेको र डिस्चार्ज कति दिनपछि हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको पहिलो पटक १२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो । उहाँलाई मृगौला दिने समिक्षा संग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस