बैशाख २८ काठमाडौं : काठमाडौं उपत्यकाका सडकमा लकडाउनयता भएको सवारी दुर्घटना परी आठजनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश मोटरसाइकल चालक छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबै सवारी पास लिएर चलाइएका हुन् ।
सुनसान सडकमा गति अत्यधिक हुँदा दुर्घटनामा परेको महाशाखाको बुझाइ छ । लकडाउनयता उपत्यकाभित्र दुई सय १२ सवारी दुर्घटना भएको महाशाखाको तथ्यांक छ । यसक्रममा सातजना गम्भीर र एक सय ३९ सामान्य घाइते भएका छन् ।
महाशाखा प्रमुख एसएसपी भीम ढकालले खुला सडक हुँदा सवारीसाधनको गति अत्यधिक हुने र नियन्त्रणमा नआउँदा दुर्घटना हुने बताए । केहीले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाइएको भेटिएको छ । महाशाखाको तथ्यांकअनुसार मापसे गरी चलाइएका २३ सवारी नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस