एपी खबर
जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको पहाडी टोल हुदैँ वडा नम्बर ६ नगौल, वडा नम्बर ३ रामबन, वडा नम्बर २ र वडा नम्बर १ पथलैयासम्म जोडिने सडक निर्माणको काम आईतवारबाट शुरु गरीएको छ ।
करिब ५० लाखको लागतमा निर्माण गरियो यस सडकको काम वडा नम्बर ७ का महिला वडा सदस्य दुर्गा रिजालले आफ्नो घर अगाडी भएको अवरोध हटाउन लगाएर शुरु गर्नुभएको हो ।
करिब ३४ फिट फराकिलो र ७ सय मिटर लामो बन्ने यो सडकलाई पर्यटन सडकको रुपमा बिस्तार गर्ने योजना सहित काम अगाडी बढाइएको वडा नम्बर ६ का वडा अध्यक्ष क्यामुदिन अंसारीले जानकारी दिनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख सरस्वतीदेबि चौधरी र नेकपाका नेता देवनारायण चौधरीको विशेष पहलमा निर्माण हुन लागेको यस सडकमा प्रदेश सरकारको करिब ५० लाख लागत रहने अंसारीले जानकारी दिनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताको अध्यक्षतामा शुरु गरीएको यस निर्माण कार्यमा स्थानिय समाजसेवि कृष्णब्रत सिहं, कालिका ढकाल, सुदर्शन काफ्ले, सुरेन्द्र श्रेष्ठ, राकेशभक्त पौडेल, लालबाबु कलवार, शेख दराजुदिन लगाएतले सडकमा पर्ने घरटहरा हटाउन तथा सडक निर्माण कार्यमा सहयोग गर्दै आउनुभएको अंसारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस