आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनमा श्रीमान श्रीमती मृत अवस्थामा भेट्यो

एपी खबर २०७९ पौष २६, मंगलबार (१ साल अघि) २९० पाठक संख्या

भरतपुर- चितवनमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन्। भरतपुर महानगरपालिका-२९ मा मंगलबार बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका छन्।

 

उनकी श्रीमती २१ वर्षीया शान्ति भनिने बुद्धिमाया राना मगर घरबाहिर आँगनमा रहेको अँगेनाको छेउमा मृतावस्थामा भेटिएको अधिकारीले जानकारी दिए।मृतक बुद्धिमायाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस